माओवादीले प्रदेश सांसदबाट मासिक ७ हजार रुपैयाँ उठाउने



मोरङ । माओवादी केन्द्रले प्रदेश १ का सांसदहरूबाट मासिक ७ हजार लेबी लिने भएको छ । माओवादी केन्द्रको संसदीय दलको आइतबार बसेको बैठकले प्रत्येक प्रदेश सांसदले मासिक ७ हजार लेबी बुझाउने निर्णय भएको प्रदेश सांसद गणेश उप्रेतीले बताए ।

उनले मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्कीलाई समर्थन गर्नेसमेत निर्णय भएको पनि जानकारी दिए । प्रदेश सभामुख माओवादी केन्द्रले लिने निर्णय भएको र मन्त्री र समिति सभापतिहरूको बाँडफाँडको बारेमा निर्णय हुन बाँकी रहेको उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्