प्रतिनिधिसभाको पहिलो बैठक सुरु, यस्तो छ कार्यसूची



काठमाडौं । नवगठित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा संसदको पहिलो बैठक सुरू भएको हो।

संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको छ। पहिलो बैठकको कार्यसूची सार्वजनिक भएको छ। बैठकमा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठन सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउनेछन्।

आजैको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलको मनोयन गरिनेछ। साथै विभिन्न दलहरुका प्रतिनिधिले मन्तव्य दिने कार्यसूची छ। साथै, शोक प्रस्तावहरु प्रस्तुत हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्