परम्परागत राजनीतिले जनतामा जान सकिँदैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परंपरागत राजनीतिले जनतामा जानसक्ने अवस्था नरहेको बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा संबोधन गर्ने क्रममा रोष्ट्रममा उभिएका प्रधानमन्त्री दहालले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन नसके संसदको भूमिकामा पनि प्रश्न उठ्ने बताए ।

“जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौ, त्यसमै यो संसदको सार्थकता निर्भर हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “परंपरागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ । हामी निरन्तर जनताको निगरानीमा छौँ।”

उनले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताए। ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्यायन सक्छौं कि सक्दैनौं’ उनले भने, ‘यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’

प्रतिक्रिया दिनुहोस्