प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा म ढुक्क छु : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । साथै ओलीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शुभकामना समेत दिएका छन् ।

ओलीले व्यक्तिको मान सम्मानका लागि नभइ देशको उन्नति र जनताका लागि सरकार बनाउनु पर्नेमा जोड दिएका छन् । ओलीले नवनिर्वाचित सांसदहरूलाई पनि विषेश बधाइ दिएका छन् । ओलीले आफूहरूको अगाडी, सुशासन र भ्रष्टाचार लगायत धेरै चुनौति रहेको समेत बताएका छन् ।  आज राष्ट्रिय एकलाको आवश्यकता रहेको पनि उनले बताए ।

अध्यक्ष ओलीले यो परिस्थिति सहज रुपले नआएको बताएका छन्। बैठकलाई सम्बोधन गर्दै ओलीले भने, संविधान जारी भएपछिको दोस्रो आम निर्वाचनबाट निर्वाचित भएर आउनुभएका सबै सांसदलाई बधाई दिन्छु। सांसदलाई बधाई दिँदै ओलीले भने, यो परिस्थिति यत्तिकै आएको छैन। धेरै बलिदानीपछि आएको हो। यो परिस्थिति ल्याउन ज्यान आहुँति गर्ने ज्ञात अज्ञात शहीदप्रति सम्मान प्रकट गर्छु।

प्रतिक्रिया दिनुहोस्