ओलीको टिप्पणी : प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग हुनु प्रतिगमन नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, यदी प्रतिनिधि सभा विघटन गर्नु नै प्रतिगमन हुने भए बेलायतमा त कति प्रतिगमन भएछ भएछ। त्यसैले आफू अनुकुल व्याख्या नगरौँ।

जनताका अधिकार खोसिनबाट जोगाउनु पनि प्रतिगमन नहुने ओलीले बताए। उनले भने, जनताका अधिकार खोसिनु हुँदैन। जनमतबाट सरकार बनाउने र नयाँ जनमत सिर्जना गर्ने सोच राख्नु प्रतिगमन होइन। अन्य बाटोबाट सरकार ढाल्ने खेल भयो भने त्यो प्रतिगमन हो। कू ठाउँबाट सरकार बनाउने खेलमा लाग्नु हुँदैन। त्यसो भए मात्र प्रतिगमन हुन्छ। अब यो सरकारले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्