जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव सर्वसम्मत



वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत भएका छन् । यादव मधेश प्रदेशको निवर्तमान सभामुख पनि हुन् ।

यसअघि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि संसदीय दलको नेतामा आफ्नो उम्मेदवार दिएका थिए । यद्दपी अन्तिम समयमा सहमति भएपछि यादव संसदीय दलको नेतामा सर्व सहमतिले चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्