प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गर्दै नेपालले भने : बोली र व्यवहारमा सामञ्जस्य होस्



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए ।

प्रचण्डले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस् । बोली र व्यवहारमा सामञ्जस्य आओस् ।’

भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने तय भएको उल्लेख गरेका उनले एकीकृत समाजवादीले के गर्छ भन्ने चाहिं खुलाएनन् । तर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन् । संसदको पहिलो बैठकमा सम्बोधन गर्दै छिटोछिटो सरकार परिवर्तन होस भन्ने पक्षमा पार्टी नभएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्