मधेसमा सभामुखका लागि २ जनाले दिए उम्मेदवारी



जनकपुरधाम । मधेस प्रदेशसभाको सभामुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जङ्गिलाल यादवले प्रदेश सभामुखका लागि प्रदेशसभा सचिवालयमा मनोयन दर्ता गराएका हुन् ।

प्रदेशसभा १०७ सदस्यीय रहेको छ। अहिले सत्ता गठबन्धनसँग ७२ जना सांसदको समर्थन रहेको छ । सभामा कांग्रेसको २२ सिट छ । नेकपा एसले कांग्रेस वा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छैन । माघ २ गते सभामुखका लागि निर्वाचन हुने समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्