मैले आफूलाई राष्ट्रिय सहमतिको प्रधानमन्त्री भन्ने अनुभूत गरेको छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको बन्नेतर्फ गएको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले प्रतिनिधि सभामा विश्वासको मत लिँदा असाधारण मत पाएको बताए।

उनले भने, ‘४४ औँ प्रधानमन्त्री हुँदा सदनमा असाधारण परिघटना पनि भयो अस्ति विश्वासको मत लिँदा। झण्डै सिंगै सदन नै सहमत भयो। र, विश्वासको मत मलाई असाधारण उचाइको साथ मलाई प्राप्त भयो। करिब करिब मैले राष्ट्रिय सहमति भएको प्रधानमन्त्रीमा भन्ने अनुभूत गरेको छु।’ उनले आफूमाथि थप जिम्मेवारी र चुनौती बनेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्