माघ ३ गते सर्वदलीय बैठक बस्ने



काठमाडौँ । आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए।

आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ। मुलुक गणतान्त्रिक शसन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ। सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ।

छलफलमा उनले भने, ‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु। सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन। अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ।’

प्रतिक्रिया दिनुहोस्