पोखरामा यतिको विमान दुर्घटना : १० जना विदेशी यात्रु, ६२ नेपाली



पोखरा । पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमानमा १० विदेशी र ६२ जना नेपाली सवार रहेको खुलेको छ। काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक रहेको यती एयरलाइन्सले जनाएको छ।

उक्त विमान आज बिहान पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो। जहाज दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्