विमान दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो।

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्