१५ वर्षदेखि यतिको जहाज उडाइरहेका पाइलट कमल केसी प्रशिक्षक थिए



काठमाडौँ । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको दुर्घटना भएको जहाजका पाइलट कमल केसी १५ वर्षदेखि जहाज उडाइरहेका थिए । आफ्नो २० वर्षे जागिरको १५ वर्ष यतिका जहाज उडाएका उनी प्रशिक्षक पनि हुन् ।

स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए। काठमाडौँको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।

त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।

उनले चलाएको विमान आइतबार बिहान पोखरामा दुर्घटनामा परेको छ। मा मृत्यु भएका ३२ जनाको शव अहिलेसम्म फेला परेको छ। उद्धारको कार्य जारी छ।

६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अन्जु खतिवडा र २ जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।

प्रतिक्रिया दिनुहोस्