पोखरा जाने प्रधानमन्त्री प्रचण्डको कार्यक्रम रद्ध



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा नजाने भएका छन्। आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको बारे स्थलगत निरीक्षण गर्न पोखरा जाने तयारी गरेका उनले सुरक्षाकर्मीको सुझावमा उनी पोखरा नजाने भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ। यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर विभिन्न निर्णय गरेर प्रधानमन्त्री प्रचण्ड आफैँ पोखरा जाने निर्णयमा पुगेका थिए । उनी नेपाली सेनाको हेलिकप्टरबाट जाने तयारी गरेका थिए । सुरक्षाकर्मीले उनलाई तत्काल पोखरा नजान सुझाव दिएपछि उनी नजाने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्