गण्डकी अस्पतालमा शव सनाखत गर्न थालियो



काठमाडौँ । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव गण्डकी अस्पतालमा सनाखत गर्न थालिएको छ।

विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ।

सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्‍याएको छ।

आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड छ। परिवारका सदस्य र आफन्तको शोकमा धेरै जना ब्याकुल देखिन्छन्। शवको सनाखत गरेका आफन्तहरु झनै शोकमा छन्।

प्रतिक्रिया दिनुहोस्