विमान दुर्घटना अपडेट : खाेजी कार्य आजलाई स्थगित, भोलि बिहानै सुरु गर्ने



काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य आज रातिलाई स्थगित गरी सोमबार बिहानैदेखि सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ । रातको समयमा सो कार्यलाई निरन्तरता दिन कठिन भएकोले भोलि बिहानैदेखि खोजी कार्य सुचारु गर्ने गरी फौज घटनास्थलमै रहेको नेपाली सेनाले जनाएको हो ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरलाइन्सको विमान अन्दाजी ११ बजे कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

चालक दलसहित ७२ जना सवार विमान दुर्घटना हुँदा ६९ जनाको शव फेल परिसेकेको छ । ३ जनाको शव बेपत्ता रहेको छ । उक्त शव खोज्न सेनाले भोलि विहानैदेखि सुरु गर्ने जानएको छ ।

खबर प्राप्त हुनासाथ नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो। करिब २०० जनाको सङ्ख्यामा परिचालित फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस्