विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने



काठमाडौं । नेकपा एमालेले डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ। राष्ट्रियसभा सदस्य रहेकी डा. पौडेललाई परराष्ट्रमन्त्री बनाउने सहमति जुटेको छ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्। उनी राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा स्वकीय सचिवको जिम्मेवारीमा थिइन्। उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने दोस्रो महिला हुन्। यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला परराष्ट्र मन्त्री भएकी थिइन्।

स्वीट्जरल्याण्डबमा वातावरण विज्ञानमा पीएचडी गरेकी डा. पौडेल यसअघि योजना आयोगको सदस्य समेत भएकी थिइन्। उनीसँग वातावरणसम्बनधी विभिन्न संस्थामा रहेर काम गरेको अनुभव छ।

राष्ट्रियसभामा उनको कार्यकाल ६ वर्षको छ। आजै नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ। सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाएको छ।

प्रतिक्रिया दिनुहोस्