लिङ्देनसहित यी हुन् राप्रपाका मन्त्रीहरू



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको छ। प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको जानकारी दिए।

जसअनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन्। यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन्।

यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्