माओवादी नेता पुनलाई भेट्न पुगे एमाले नेता पोखरेल



काठमाडौं। नेकपा एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन्। बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न पोखरेल गएका हुन्।

स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको काम समेत पोखरेलले गरेका छन्। पुन जण्डिस रोगबाट पीडित भएपछि अस्पतालमा उपचारत छन्।

चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिइसकेका छन्। पुनलाई भेट्न पोखरेलसहित श्रीमती सुजिता शाक्य समेत अस्पताल पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्