जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ। आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ। देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन्।

जसपा सरकारमा सहभागी नभएको कारण कांग्रेसका उम्मेदवार इश्वरी न्यौपानेलाई मतदान गर्ने हो कि भनि आशंका भइरहेको थियो। जसपा संसदीय दलको बैठक तीनदेखि बसिरहेको थियो।

जसपाले घिमिरेलाई मत दिने निर्णय गरेसँगै घिमिरेको पक्षमा सात दल एक ठाउँ उभिएका छन्। बिहीबार प्रतिनिधिसभामा सभामुखको चयन हुँदैछ। सभामुख चयन गर्न अहिले संसद बैठक चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्