आजदेखि नारायणगढ-मुग्लिन सडक ४ घण्टा बन्द हुने



काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः सवारी आवगमन बन्द गरेर काम गरिने भएको छ। पुल निर्माणका लागि पहाड काट्ने काम नसकिएकाले उक्त सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको हो। एक महिना अगाडिदेखि बन्द गरेर सडक निर्माणको काम गर्दा काम थप प्रभावकारी भएकाले पुनः सोही क्रम दोहोर्‍याउन लागिएको नारायणगढ–मुग्लिन सडक योजनाले जनाएको छ।

यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको उक्त सडकखण्डमा समय भने परिवर्तन गरिएको छ। अब दिउँसो १२ देखि ४ बजेसम्म बन्द गरिने भएको छ। यातायात व्यवसायीको अनुरोधमा समय परिवर्तन गरिएको हो।

आजदेखि दैनिक दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको छ। थप एक महिना दैनिक चार घण्टा यातायात बन्द गरेर काम गरिने भएको छ। तुइनखोला पुल र चिसेन्जीखोला पुल निर्माण हुने ठाउँमा पहाड काट्ने काम सकिएको छैन।

प्रतिक्रिया दिनुहोस्