सिमरा रंगशालामा पूर्वाधार विकासकाे काम तीव्र



सिमरा : मोफसलमा आयोजना हुने प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक हो ‘सिमरा गोल्ड कप’। स्थानीयकै प्रयासबाट सञ्चालन हुँदै आएको यो प्रतियोगिता अहिले १०औं संस्करणको नजिक छ।

 

सामान्य तयारीमै पहिलो संस्करण सम्पन्न गरेपछि उत्साही बनेको सिमराको नव जनजागृति युवा क्लबले १०औं संस्करणसम्म आइपुग्दा प्रतियोगितालाई राष्ट्रिय स्तरको बनाउन सफल भएको छ।

 

एक दशक लामो इतिहास बनाउन लागेको यही प्रतियोगिताका कारण पछिल्लो समय सिमरा फुटबल खेलका लागि हबको रूपमा पनि अघि बढ्न थालेको छ।

 

प्रतियोगिता आयोजना गर्नकै लागि निर्माण थालिएको सिमरा रंगशालामा पूर्वाधार विकासको कामले पनि गति पाइरहेको छ। राज्यको विभिन्न निकायको सहयोगबाट पूर्वाधार निर्माणको काम सुरु गरिएको सिमरा रंगशालाको मैदान मोफसलकै उत्कृष्ट मैदानका रूपमा परिचित छ।

 

सिमरा गोल्डकपबाहेक राष्ट्रिय स्तरको प्रतियोगितासमेत आयोजना हुने सिमरा रंगशालामा अहिले प्यारापिट निर्माणको कार्य भइरहेको छ। स्थानीय सरकार जितपुरसिमरा उपमहानगरपालिकासहित विभिन्न निकायको सहयोगबाट गत महिना रंगशालालाई पर्खालले घेर्ने काम भने सम्पन्न भएको छ। अाजकाे अन्नपू्र्ण पाेस्टमा खबर छ

प्रतिक्रिया दिनुहोस्