उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। उपसभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्। त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । कांग्रेसले यादवलाई भोट दिन आफ्ना सांसदहरूको नाममा ह्वीप जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रानामगरको पक्षमा मतदान गर्न सबै सांसदहरूसित अपिल गरेको छ।

संघीय संसद् सचिवालयको कार्यतालिका अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठमा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ। यस क्रममा २७५ सदस्यीय प्रतिनिधिसभामा मतदान हुनेछ र बहुमत ल्याउने उम्मेदवार उपसभामुख पदमा चुनिनेछ।

प्रतिक्रिया दिनुहोस्