सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु



काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए। घाइते भएका दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ। छातीमा चोट लागेका उनी बोल्ने सक्छन्। गाडी सडकबाट ७०/८० मिटर तल खसेको छ। गाडीमा पाँच जना सावार थिए।

प्रतिक्रिया दिनुहोस्