पूर्वराष्ट्रिय खेलाडी आलमले स्पट फिक्सिङको अफर गरेको अडियो सिआइबीले भेट्यो



काठमाडौँ । नेपाल टी-ट्वान्टी लिगमा पूर्वराष्ट्रिय खेलाडी मेहबुव आलमले खेलाडीहरुलाई स्पट फिक्सिङको अफर गरेको अडियो प्रहरीले बरामद गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनले स्पट फिक्सिङको अफर गरेको अडियो बरामद गरेको हो।

उनले खेडालीलाई स्पट फिक्सिङ गर्दा ६ देखि ८ लाख आउँछ भन्दै अफर गरेको अडियो बरामद गरेको सीआईबीका एक अधिकारीले बताए।

‘आलमले खेलाडीलाई म्यासेज र फोनबाट अफर गरेका थिए। एक खेलाडीलाई ६ देखि ८ लाखसम्म आउँछ भनेर अफर गरेको अडियो बरामद भएको छ,’ उनले भने ।

उनले २ खेलाडीलाई अफर गरेको सीआईबीले बताएको छ। सीआईबीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्पट फिक्सिङको विषयमा जानकारी दिएको थियो।

स्पट फिक्सिङ गरेको आरोपमा पूर्वराष्ट्रिय खेलाडी आलम र राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई ५ दिनको समय थप गरेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्