दोहोरो अङ्कले बढ्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर २ हजार १ सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो ।

आज २ सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता शेयर ५४ हजार ३ सय ७७ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३ सय ३८ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, वित्त र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैकिङ समूह सात दशमलव ४६, वित्त समूह शून्य दशमलव २५ र अन्य समूह २३ दशमलव ९५ अङ्कले घटेको छ । सबैभन्दा वृद्धि देखिनेमा जीवन बीमा समूहको उपसूचक दुई सय ६६ दशमलव १६ र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८८ दशमलव २९ अङ्कले बढेको छ ।

त्यस्तै, विकास बैंक २८ दशमलव २४, होटल तथा पर्यटन समूह १ सय १८ दशमलव ०२, जलविद्युत् समूह ३६ दशमलव ५६, लगानी समूह शून्य दशमलव १६ र उत्पादन समूह ४० दशमलव ९५ अङ्कले बढेको छ । लघुवित्त समूहको उपसूचक ४७ दशमलव ९३, म्युचुअल फन्ड शून्य दशमलव १८ र व्यापार समूह १९ दशमलव १३ अङ्कले बढेको पनि नेप्सेले जनाएको छ ।

आज सानिमा जनरल इन्स््योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडलगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बढी गुमाउनेमा भने राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्ड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पिपुल्प हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् । आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै १० करोड १४ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्