जेसिजको ४५ औं अधिवेशन जनकपुरमा, दुर्इ कराेड २० लाख व्यवस्थापन खर्च



जनकपुरधाम : युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुरमा हुने भएको छ ।

 

जनकपुरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर अधिवेशन गर्ने मौका पाएकाे जनकपुर जेसीजले यहि पौष ७ गतेदेखि १० सम्म ४५ औं राष्ट्रिय अधिवेशनको तयारीबारे जानकारी दिएकाे छ ।

 

स्थानीय तिरहुतिया गाछिमा हुन लागेको चार दिने अधिवेशनमा देशभरबाट २५ सयभन्दा बढी जेसीजहरुको उपस्थिती हुने अधिवेशन निर्देशक जेसी सन्तोष साहले पत्रकार सम्मेलनमा बताए ।

 

जनकपुर जेसिजको सचिवालय जनकपुर ४ स्थित कदम चाेकमा भएको पत्रकार सम्मेलनमा देशभरका कुल एक सय ४१ शाखाबाट प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।

 

अधिवेशनको लागि दुर्इ करोड २० लाख खर्च हुने अनुमान आतिथ्य शाखा जनकपुर जेसिजको रहेको छ । जसमा सहभागी हुन आउनेहरुसँग रजिस्ट्रेसन बापत १ करोड १६ लाख, दम्पती जेसीजबाट ११ लाख, जूनियर जेसीजबाट १० लाख ५० हजार र नेपाल जेसीज केन्द्रले ५ लाख दिने भएको छ । बाँकी अपूग ७७ लाख ५० हजार रकम आर्थिक सहयोग, विज्ञापन, सुभकामना, प्रयोजनबाट उठाउने पत्रकार समेलनमा जानकारी गराइएको छ ।

 

कार्यक्रममा सहभागिता जनाउनेहरुको लागि खाजा, खाना र आवास लगायतको प्रबन्ध समेत आयोजकले नै गरेको छ  । कार्यक्रमको तयारीका लागि विभिन्न उप-समिति गठन भइसकेको र आवश्यक पर्ने समितिहरु क्रमश: गठन हुँदै जाने महाधिवेशन निर्देशक सन्तोष साहले जानकारी दिए ।

 

जनकपूरमा जनकपुर जेसीजले यसभन्दा अघि तीन पटक राष्ट्रिय अधिवेशन गर्ने मौका पाइसकेकाे छ । पहिलोपटक सन १९७७ (तेस्रो, राष्ट्रिय अधिवेशन) सन् १९९३ (बिसौं ) र सन् २००३ मा (तिसौ) राष्ट्रिय अधिवेशन गरिसकेको जनकपुर जेसिजले चौंथो पटक यस वर्ष २०१८ मा ४५ औं राष्ट्रिय अधिवेशन गर्ने मौका पाएकाे छ ।

 

पत्रकार सम्मेलनमा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी विकाश मानन्धर, जनकपुर जेसिजका अध्यक्ष जेसी जीतेन्द्र महासेठ, महाधिवेशनका वरीष्ठ सल्लाहकार जेसी निर्मल चौधरी, महाधिवेशनका उप-निर्देशक जेसी लक्ष्मी नारायण साह र मनीष रमन साह लगायत जनकपूर जेसिजका पूर्व अध्यक्षहरुको उपस्थिति रहको थियो । 

प्रतिक्रिया दिनुहोस्