भीरमा लागेको आगोमा परेर किशोरीको मृत्यु



काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवामा भीरमा लागेको आगोले जलेर एक किशोरको मृत्यु भएको छ। साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका-२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका किशोर राईको जलेर मृत्यु भएको हो। ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार राई आफ्नो मावली घर साँवामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्