२ पटक मतदाताले मलाई हराएर ठीकै पो गरेछन् कि जस्तो लाग्छ : रवीन्द्र मिश्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बेलाखबत आफू राजनीतिका लागि उपयुक्त पात्र नै हो होइन कि भन्ने अनुभूति हुने गरेको बताएका छन्। काठमाडौं-१ बाट लगातार दोस्रोपल्ट चुनाव हारेका उनले आज सोमबार बिहान सामाजिक सञ्जालमार्फत केही निराशासँगै दृढता प्रकट गरेका हुन्।

उनले मतदाताले आफूलाई दोस्रोपटक हराएर ठीकै पो गरे कि जस्तो पनि लागेको उनले उल्लेख गरेका छन्। ‘म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत’, मिश्रले लेखेका छन्, ‘दुईपटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ।’

तर फेरि ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा टिक्न नसकेको अनुभूति उनले सुनाएका छन्। ‘यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन’ भनेर त्यसै भनेको कहाँ हुँ र’, उनले भनेका छन्, बिहानी निराशारबिहानी दृढता।’

प्रतिक्रिया दिनुहोस्