बारामा एक पुरुष मृत फेला



बारा : बारामा एक जना पुरुष मृत भेटिएका छन् ।

 

बाराको आदर्श कोतवाल–८ स्थित रहेको बेलवा डिह मेला हेर्न शुक्रबार राति गएका सिम्रौनगढ़ नगरपालिका–१० देवापुर टेटाका ३० वर्षीय इनरदेव यादव शनिबार बिहान मृत भेटिएका हुन्।

 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्