कांग्रेसले आज राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गर्ने



काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न आज बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्