झापामा ५०५ उद्योग दर्ता



झापा । झापामा ६ महिनामा १ अर्ब बढीका उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालू गरी १ अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएका ५०५ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशत अर्थात् २२२ वटा कृषि तथा वनजन्य उद्योग छन्। दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक २०४ उद्योग रहेका कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिए। साउनमा १०७, भदौमा १४४, असोजमा ५३, कात्तिकमा ४९, मंसिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भएका छन्। दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी ५४२ उद्यमी छन्।

ती उद्योग सञ्चालनमा आएमा १ हजार २८९ जनाले रोजगारी समेत पाउने देखिन्छ। दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक १ अर्ब ३९ करोड ६० लाख ४ हजार छ। उद्योग दर्ताबापत कार्यालयले २० लाख १० हजार ७०० राजस्व संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्