भिमफेदी दक्षिणकाली सडक व्यवस्थित बनाउने योजना 



काठमाडौं । काठमाडौं उपत्यका र प्रदेशको राजधानी हेटौँडा पुग्ने सडकलाई प्रदेश सरकारले व्यवस्थित गर्ने भएको छ। प्रदेशबाट लिनु पर्ने सेवा लिन हेटौँडा पुग्न कठिन भएको, प्रदेशको राजधानी हेटौडा अपायक परेको गुनासो आएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौडा,भिमफेदी, कुलेखानी, फाखेल, हुमाने दक्षिणकालीको सडकमा सञ्चालन हुने सवारी साधनलाई तीन महिना कान्तिपथबाट सञ्चालन गरी कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई व्यवस्थित बनाउने योजना बनाइएको बताए।

भौतिक पूर्वाधार मन्त्री युवराज दुलालसँग मुख्यमन्त्री जम्कट्टेलले छलफल गरेपछि नै यस्तो योजना बनाएका हुन्।  ६३ वर्ष अगाडि बनेको मकवानपुरगढी, ठिंगन,बागमती, भट्टेडाँडा, चापागाउँको सडकका अधिकाँश स्थानमा कालोपत्रे र ढलान भएको छ भने केही ठाउँमा अझै कच्ची छ। बर्सातको वेला पहिरोको जोखिम भएपनि हिउँद समयमा उक्त सडकमा सवारी सञ्चालन गर्न सकिन्छ। 
 

प्रतिक्रिया दिनुहोस्