फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नहुने



काठमाडौं । बिहीबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको छ। तर, शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकले नीतिगत ब्याजदरहरू चलाएमा भने यसमा परिवर्तन गर्ने गरी बैंकर्सहरूबीच सहमति भएको हो।

कर्जाको लागत बढेको, ब्याज बढाएर पनि निक्षेपमा सुधार नभएको भन्दै माघमा वाणिज्य बैंकहरूले ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेका थिए। हाल आयात घटेको र रेमिटेन्समा सुधार हुँदै गएपछि बाह्य क्षेत्र सन्तुलनमा आइरहेको छ।

निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि समायोजन हुने बजारमा माग बढ्न थाल्ने र आयातलाई नै प्रोत्साहन गर्न सक्ने भएकोले बैंकहरू पर्ख र हेरको अवस्थामा रहेका हुन्। आयात घट्दै गयो र रेमिटेन्स बढ्दै गयो भने बजारले नै ब्याजदर घटाउने अपेक्षा समेत राष्ट्र बैंकको छ।

पुसमा कर्जाको ब्याजदर नघटाएका बैंकहरूको माघमा निक्षेपको ब्याजदर घटेकोले फागुनमा कर्जा लिने नयाँ ऋणीको लागि ब्याजदर घट्न सक्छ। पुरानो ऋणीको लागि त्रैमासिक औसत आधार दरको आधारमा ब्याजदर घट्ने भएकोले वैशाखमा मात्रै ब्याजदर समायोजन हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्