जनयुद्ध दिवसको अवसरमा बागमती प्रदेशमा पनि सार्वजनिक बिदा



काठमाडौं । जनयुद्ध दिवसको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। माघ २४ गते (मंगलबार)को मन्त्रिपरिषद् बैठकले फागुन १ गते, जनयुद्ध दिवसको अवसरमा प्रदेश भरी सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिए।

यस्तै, कर्णाली प्रदेश सरकारले पनि फागुन १ गते, जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। २०५२ फागुन १ गते सशस्त्र संघर्ष (जनयुद्ध)को घोषणा गरेको अवसर पारेर माओवादीले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्