चितवन २ मा वैशाख १० गते उपचुनाव हुने



काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आज आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदो वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपचुनाव गर्ने गरी चुनावको मिति तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्