यातायात मजदुर कुटिएको विरोधमा आन्दोलन, सडकमै बस तेर्साएर प्रदर्शन



काठमाडौं । मजदुर कुटिएको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका छन् । नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेकाले विरोधमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिएका छन् ।

‘सरकारलाई दिएको १५ दिने अल्टिमेटम र आन्दोलनको रणनीति तय गर्न बैठक बसिरहेको बेला कुँवरलगायतका केही व्यक्ति गुण्डागर्दी शैलीमा आएर हाम्रा साथीमाथि कुटपिट भएको छ’, राईले भने, संलग्नलाई कारबाही हुनुपर्छ । उहाँले माफी माग्नुपर्छ ।’

अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् । मजदुरहरू गाडी तेर्स्याएर सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्