बालाजु क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीले जलाए प्रहरीका २ वटा गाडी



काठमाडौं । काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायी तथा मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेका हुन् । यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडपको समेत स्थिति उत्पन्न भएको हो ।

काठमाडौं महानगरपालिकासमेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधानलाई नयाँ बसपार्कमा लगेरमात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् । बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको २ वटा गाडी जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्