राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता उद्धव पौडेललाई उपाध्यक्ष मनोनित गरेको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपामा अब उपाध्यक्षको संख्या ८ पुगेको छ । पौडेल यसअघि राप्रपाको कोषाध्यक्ष थिए । गत वर्ष कमल थापाले पार्टी विभाजन गर्दा उनलाई साथ दिएर राप्रपा नेपालमा गएका पौडेल पछि फेरि राप्रपामै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्