विराटले तोडे सचिनको कीर्तिमान



काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाएर रेकर्ड कायम गर्न सफल भएका छन्। अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रंगशालामा भएको दोस्रो टेस्टको तेस्रो दिन विराटले यो उपलब्धि हासिल गरेका हुन्।

आइतबार भएको खेलमा विराटले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गर्न सफल भए पछि फ्यानहरुले ताली बजाएर हर्षोल्लास गरेका थिए। यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार ४३७ रन बनाउएका भारत कै सचिन तेन्दुलकरले ५७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए।

विराटले सचिनको भन्दा २८ खेल अगाडी नै यो किर्तिमान कायम गरेका हुन् । यो सूचीमा अष्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् भने उनले ५८८ खेलमा २५ हजार रन पुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्