प्रधानमन्त्रीद्वारा पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा. मधुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

‘पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु’ प्रचण्डले लखेका लखेका छन् ‘ ‘डा.श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट गर्दछु।’

प्रतिक्रिया दिनुहोस्