राष्ट्रपतिको निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

‘राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो। हाम्रो स्वार्थ भन्नाले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो। यो स्वार्थमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो,’ उनले भने,‘कुनै व्यक्ति विशेष कुरा भएन। यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दिइएको छ।’ यसका लागि अन्य पार्टीका नेताहरूसँग पनि कुराकानी गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्