स्कटल्यान्डको पाँचौ विकेट पतन, सन्दीप एक्लैले लिए ४ विकेट



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डको पाचौँ विकेटको पतन भएको छ। नेपालका लागि स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए। कुशल मल्लले एक विकेट लिए।

सन्दीपले सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए। पहिलो विकेटका लागि ओपनर कोट्जर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए। सन्दीपले नै १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए। नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए।

नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यान्डले आजको खेलमा मैदान उतारेको थियो। सन्दीपले १४ औँ ओभरको अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे।

रिची पहिलो बलमा नै आउट भए। कुशलले २०.२ ओभरमा म्याक ब्राइडलाई २२ रनमा एलबीडब्लु धरापमा पारे। सन्दीपले नै २१.३ ओभमार थोमस म्याकिन्टोसलाई १ रनमा सन्दीप जोराको हातबाट ब्याच आउट गराए। टस हारेर ब्याटिङ गरिरहेको स्कटल्यान्डले २६ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा १ सय ३३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्