![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2023/02/lutpat_26oQSwxKjf.jpg?fit=1024%2C604&ssl=1)
सिरहा । सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ । बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिए ।
मोटरसाइकलमा रकम लिएर कल्याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ । लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।