माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहसँग छलफल गरेका थिए ।

सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रधानमन्त्रीले पनि म त एकदमै सहमत छु, कांग्रेससँग पनि कुरा गरौं भन्नुभएको छ,’ एक नेताले भने । कांग्रेससँग साँझ ६ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ५ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्