हातहतियार र लागूऔषधसहित ५ जना पक्राउ



मकवानपुर । नेपाल प्रहरीले प्रतिवन्धित हातहतियार र लागूऔषधसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार मकवानपुरको कैलाश गाउँपालिका–६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जितबहादुर मोक्तान, २८ वर्षीय बिजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।

जितबहादुरको घरमा लागूऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा सो हातहतियार तथा घरनजिकै रहेको गोठबाट उक्त परिमाणको अवैध लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्