घरको पर्खाल भत्किएर भक्तपुरमा १ जनाको मृत्यु



काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर १ जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको मृत्यु भएको हो ।

पर्खाल भत्किएर पुरिएका बिकको उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्