कांग्रेस उपसभापति खड्का भन्छन् : म मन्त्री बन्दैन



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै खड्काले आफू अरूलाई मन्त्री बनाउने अभियानमा लागेको बताएका हुन् ।

यस्तै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताए । खड्काले प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाउने पनि बताए ।

उनले अहिलेनै आलोपालोको विषयमा कुनै सहमति नभएको पनि बताए । उनले बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आठ दलका सांसदहरूको भेलालाई सम्बोधन गर्ने जानकारी दिए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण अहिलेको आठ दलीय गठबन्धन बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्