युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट



काठमाडौं । दुबईमा जारी आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तरगत युएईविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। नेपाललाई दोस्रो सफलता सन्दीप लामिछानेले दिलाएका हुन्।

सन्दीपले आफ्नो ओभरको चौथो बलमा युएईका वृत्यअरविन्दलाई कुसल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन्। यसअघि पहिलो विकेट करण केसीले लिएका थिए। पहिलो ओभरमै शून्य रनमा विकेट गुमाएपछि सम्हालिएको यूएईको जोडि सन्ददीपले तोडेका छन्। १६ ओभरको खेल सकिँदा यूएईले २ विकेटको क्षतिमा ६१ रन जोडेको छ।

प्रतिक्रिया दिनुहोस्