एमालेलाई नेकपा एसको जवाफ : हामी रामचन्द्र पौडेलको प्रस्तावक बनिसक्यौं



काठमाडौं । नेकपा एमालेका नेताहरूलाई नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको छ । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेका थिए ।

दुई पार्टीका नेताहरूको छलफलपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष माधव नेपालको भनाई उदृत गर्दै भने, ‘हाम्रो तर्फबाट पार्टीका अध्यक्षले मत माग्न आउनुभयो । सौहार्दपूर्ण वातावरण कुराकानी गर्ने आधार तयार गर्नुभएकोमा धन्यवाद छ । फेरिपनि छलफल हुनसक्छ ।’ प्रवक्ता राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्ताव रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको प्रवक्ता खतिवडाले बताए ।

उनले भने, ‘त्यो कुरा उहाँहरूले पनि बुझ्नुभएको छ । समयमा काम गरिएन भने पानी अगाडि बढिसक्छ खोलामात्रै हेर्नुपर्ने मात्रै पनि हुनसक्छ । त्यसैले एकले अर्काको नैतिक र राजनीतिक बन्दनलाई बुझेर हामीले भेटघाट कायक्रम समाप्त पारेका छौं ।’

पहिलो पटक दुई पार्टीबीच औपचारिक छलफल सुरू भएकाले बैठकमा नकारात्मक कुरा हुनुपर्ने कुनै कारण नहरेको बताए । उनले भने, ‘नेकपा एमालेले हाम्रो पार्टीको अस्तित्वमाथि अनेकौँ कुरा भनेको सबैलाई थाहा छ । त्यही पार्टीले आज पार्टी कार्यालयमा आएर औपचारिक संवाद गर्नु परिवर्तनको संकेत पनि हो ।’

राष्ट्रपतिमा तत्काल आफूहरूले केही गर्न सक्ने अवस्था नभएपनि वार्ताको र मित्रता विस्तारको प्रयासमा सकारात्मक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्